चन्द्रागिरी हिउँले ढाकिंदा रमाइलाे, साेलुसल्लेरीमा टेलिफोन, रेडियोसेवा अवरुद्ध

0
4

काठमाडौं । रमणीय चन्द्रागिरी डाँडामा फेरि हिमपात परेको छ । केही दिनदेखि भइरहेको देशव्यापी वर्षाका कारण चन्द्रागिरी फूलचोकीलगायतका डाँडाहरुमा हिमपात परेको हो ।

हिमपातका कारण चन्द्रागिरी डाँडाँका बोटविरुवासँगै मन्दिरहरु पनि सेताम्मे फुलेको जस्तो देखिएका छन् । हिउँ परेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु चन्द्रागिरी डाँडोमा हिउँको मजा लुटिरहेका छन् ।

यसअघि गत पुस २३ मा पनि चन्द्रागिरी आसपासका डाँडाहरुमा हिउँ परेको थियो । त्यसैगरी सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्षातसँगै हिमपात परेको छ ।

बुधबारदेखि पश्चिमी बायुको प्रभावका कारण निरन्तर परेकाे झरीमा सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ । सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा चलेका कारण टेलिफोन र रेडियो सेवासमेमत अवरुद्ध बनेको छ ।

भारी हिमपात र वर्षका कारण उच्च हिमाली भेगको जनजीवन कष्टकर बनेपनि किसानहरु भने पानी र हिमपात कारण हिउँदे बाली सप्रने भन्दै खुशी भएका छन् । मौसम विभागले शनिबारसम्म देशभरिको मौसम बदली हुने मौसमविद् सुवास रिमालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here