सिंहदरबारको भ्रष्टाचार छानबिन गर्न अख्तियार डरायोः अध्यक्ष के.सी

0
52

बुटबल– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिंहदरबारमा भ्रष्टाचार झन् मौलाएको बताएका छन् । प्रगतिशील पत्रकार संघ रुपन्देहीले आज बुटवमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यस्तो बताएका हुन् । वाइडबडी जहाज काण्ड, एनसेल प्रकरण, आयल निगममा अनियमितता जस्ता भ्रष्टाचारका  प्रकरण सिंहदरवारबाटै बाहिर आएको उनकाे भनाइ थियाे ।

सिंहदरवारमा ठूलाठूला भ्रष्टाचार भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने छानबिन गर्न डराएको समेत केसीले आरोप लगाए । साथै संघीयताको सुरुदेखि नै विरोध गर्दै आएका केसीले संघियता आए केही हुन्छ कि भन्ने भ्रममा रहेका जनताले त्यसको असर विस्तारै बुझन थालेको दाबी गरे ।

केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको पनि बताए ।

अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको बताए ।

मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले सङ्घ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here