एउटा लघुवित्तको खुद नाफा २४० प्रतिसत, प्रतिशेयर आम्दानी कति ? यो हेरौ, 

0
71

महिला सहयात्रा माइक्रोफाइनान्सले चालु आर्थिकवर्षको दोस्रो त्रैमासमा एक करोड २५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसैअवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा २३९.९२ प्रतिशतले बढेको हो । गतवर्षको यसै अवधिमा माइक्रोफाइनान्सले ३६ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

माइक्रोफाइनान्सको सञ्चालन आम्दानी र ब्याज आम्दानीमा सुधार हुदा खुद नाफामा बढोत्तरी भएको देखिन्छ ।

माइक्रोफाइनान्सले नाफा वृद्धिमा फड्को मार्दा प्रतिशेयर आम्दानी भने २० रुपैयाँ ७४ पैसा कायम भएको छ । गवर्षको यसै अवधिमा प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा थियो ।

चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा दुई करोड ३१ लाख रुपैयाँ सञ्चित छ ।

क्यापिटल खबरले पाएको जानकारी अनुसार माइक्रोफाइनन्सले निक्षेप संकलन र कर्जा परिचालनलाई उल्लेख्य रुपमा बढोत्तरी गरेको छ । पुस मसान्तसम्ममा २३ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ६५ करोड ७३ लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्थामार्फत सापटि लिएर एक अर्ब दुई करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा तीन करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ४१.२३ प्रतिशले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले दुई करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात २.३३ प्रतिशत छ । माईक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २६.९० गुणा बढी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here