नेपाल लाइफको नाफामा सुधार, खुद बीमा शुल्क करिब साढे दश अर्ब

0
78

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ। समीक्षा अवधिमा ३ अर्ब ३३ करोड रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो।

गत वर्षको यस अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

जीबन बीमा कम्पनीहरुमै धेरै पूँजी रहेको यस कम्पनीले पुस मसान्तसम्ममा २८ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो । कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ८ लाख ४६ हजार रुपैयाँले बढेको हो । गत वर्षको यसै अवधिमा २७ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस त्रैमासम्ममा कम्पनीले पुर्नबीमा कमिशनबाट एक करोड ५१ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट २ अर्ब १८ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै बीमालेख धितोमा १० अर्ब १० करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेर ४९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको पुस मसान्तसम्ममा जीवन बीमा कोषमा ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ७३ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३७ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।

गत आवको पुस मसान्तसम्ममा  कम्पनीको  चुक्ता पूँजी ३ अर्ब ९ करोड ६४ रुपैयाँ तथा जीवन बीमा कोषमा ४५ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब २ करोड ९४  लाख रुपैयाँ र महाविपत्ती कोषमा ३२ करोड ५३ लाख रुपैयाँ सञ्चित थियो।

हाल कम्पनीको १२ लाख ९ हजार ७२० वटा बीमा लेखहरु कायम छन् । हालसम्म कुल ७९ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले २८ हजार ४४८ दाबी वापत ५ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ७८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा र मूल्यआम्दानी अनुपात ८६.५२ गुणा बढी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here