सुनकोशीमा बनाइएको अस्थायी कल्भर्ट मार्ग बन्द हुँदा त्यहाँको जनता मारमा

0
101

काठमाडाैं । रामेछापको खाडादेवी गाउँपालिका र सिन्धुलिको सुनकोशी गाउँपालिकाको सिमानामा पर्ने सुनकोशीमा बनाइएको अस्थायी कल्भर्ट मार्ग बन्द हुँदा जनता मारमा परेका छन् । उक्त बाटो बन्द हुँदा आवातजावत र ढुवानीको काममा नराम्रो असर परेको स्थानीयबासी र जनप्रतिनिधिहरुले बताएका छन् ।

पर्यटन मन्त्रालयको आदेशमा रामेछाप जिल्ला प्रशासन कार्यलयले माघ २६ गतेदेखि त्यस बाटोमा सवारी साधन चल्न बन्द गरिएको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले एसकाठमाडौंलाई जानकारी दिएका छन् । ‘जिल्ला प्रशासन कार्यलयले एकलौटी रुपमा स्थानीय सरकारसँग कुनै समन्वयन नै नगरि आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर त्यसका मार्गबाट सवारी चलाउन बन्द गर्न धम्की दिइरहेको छ ।’ गाउँपालिकासँग सल्ला नै नगरी यसो गर्नु स्थनीय सरकारको अधिकारमाथिको हस्तक्षेप भएको उनले बताए । ‘यो बाटो बन्द गरिदा सुनापति, दोरम्वा र खाँडादेवी गाउँपालिकाको पुर्ननिमाणको काम रोकिएको छ । त्यसकारण यसका विषयमा हामी गंम्भिर भएका छौं ।’ पालिका अध्यक्ष लामाले भने ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले भने, ‘एकजना रमेश योञ्जान भन्ने व्यक्तिले त्यस बाटोका कारण र्‍याफ्टिङ सञ्चालन रोकिएको भन्दै पर्यटन मन्त्रालयमा निवेदन हालेकाले बाटो रोकिएको भन्ने सुनिएको छ । तर गाउँपालिकालाई अहिलेसम्म त्यो व्यक्ति को हो भन्ने जानकारी छैन।’ त्यस क्षेत्रमा कुनै र्‍याफ्टिङ चल्ने पर्यटकीय ठाउँ पनि नभएको उनले बताए ।

‘स्थानीय सरकारलाई थाहा छ नी त्यहाँ के चल्छ के चल्दैन भन्ने कुरा । तर स्थानीय सरकरलाई नसोधि माथिबाट कसरी त्यस्तो ताेक आदेश आयो भन्ने कुरामा हामी अचम्ममा परेका छौं ।’ उनले भने, ‘किन बन्द गरिएको हो भनेर जिल्ला प्रशासन कार्यलयमा बुझ्दा पर्यटन मन्त्रालयकै तोक आदेशमा गरेको भनेकाले पर्यटन मन्त्रालयलले किन रोक्न आदेश दिएको रहेछ भनेर बुझ्न सुनापति गाउँपालिकाका अध्यक्ष र म माघ २९ गते पर्यटन मन्त्रालय जँदैछौं ।’

त्याे अहिले कुनै पर्यटकीय ठाउँ पनि नभएकाे भन्दै अघिपछिको भन्दा यो बाटो प्रयोग गरेर राजधानी आवातजावत गर्दा २-३ घण्टा नै छिटो हुने हुनाले विरामी पर्दा र आवतजावत गर्न निकै सहज भएकाेमा अहिले जनताले धेरै दु:ख पाएको उनले बताए ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाका एक नम्बर वडापालिका अध्यक्ष विष्णु कुमार श्रेष्ठले गाउँको विकास देख्न नचाहने केहि तत्व लागेर बाटो रोक्न लगाएको भन्दै गुनासो गरेका छन् । स्थानीय जनतालाई छिटो छरितो रुपमा सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्थायी कल्भर्ट बनाएको उनले बताए ।

‘यहाँ भूकम्पको पुर्ननिमार्णको काम भइरहेको छ । राष्ट्रिय प्रशारण लाइनको काम भैरहेको छ । यता मध्यपहाडी लोकमार्गको काम पनि द्रुत गतिमा भैरहेको छ । तर यी सबै काममा ठूलो असर परिरहेको छ ।’ उनले भने, ‘कुनै ठेगना सम्पर्क नै उल्लेख नभएको व्यक्तिले पर्यटन मन्त्रालयमा हालेको निवेदनको भरको जनताको हित विपरित कसरी तोक आदेश आयो भन्ने कुराले हामी स्थानीय जनप्रतिनिधिहरु गम्भिर बनेका छौं ।’

सोमबार बसेको जिल्ला समन्वय समिति रामेछापको बैठकबाट सुनकोशीमा निर्माण भएको अवैध कल्भर्ट हटाउने निर्णय गरेर गाउँपालिकालाई पत्राचार गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए । ‘पर्यटन मन्त्रालयबाट जल पर्यटनलाई अवरोध नगर्न भनेर हामीलाई पत्र आएको थियो’ प्रजिअ अधिकारीले भने, ‘समन्वय समितिबाट निर्णय गरेर सुनकोशीको कल्भर्ट पाँच दिनभित्र हटाउन खाँडादेवी गाउँपालिकालाई पत्राचार गरेका छौं ।’

तर गाउँपालिका अध्यक्षद्वयले भने स्थानीय सरकारसँग जिल्ला प्रशासनले कुनै समन्वय नगरेकाे जनाएकाे छ । 

बडापालिका अध्यक्ष श्रेष्ठका अनुसार मंसिर २६ गतेबाट सुचारु भएको यस बाटो भएर ८ ओटा अरनिको यातायात र १५ ओटा सुमो सञ्चालन भैरहेको थियो । म‌ंसिर ७ गने बसेकाे सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकाको सयुक्त बैठकले यो कल्भर्ट बनाउने निर्णय गरेकाे थियाे थियो । कल्भर्ट सिन्धुलीको सुनकोशी गाउँपालिका-२ को मझुवा वगर र रामेछापको खाँडादेवी गाउँपालिकाको वडा- १  काेथवे भन्ने ठाउँमा सुनकोशी नदिमा बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here