कुमारी युवा क्लबले बृहत रक्तदान कार्यक्रम गर्दै ।

0
99

क्यापिटल खबर समाचार दाता:                                                                                                                                       फाल्गुन १ काठमाडौँ,  कुमारी युवा क्लव काठमाडौँ  द्वारा तत्कालिन अध्यक्ष स्वर्गीय नासिर खाँनको ११, औ पुण्य तिथिको अवसर पारेर “रक्तदान जीवनदान, सेवा नै धर्म हो” भन्ने नाराको साथ यहि आउदो फल्गुण ४, गते सनिबारको दिन बिहान ९:०० बजे देखि दिउसो २:०० बजे सम्म नयाँबजार-१६ स्थित बहत्ति पोखरी कुमारी युवा क्लबको प्रागणमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

बिभिन्न सामाजिक कार्य गर्दै आएको यस कुमारी युवा क्लबले हरेक वर्ष स्वर्गीय खाँनको पुण्यतिथिको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ। भने उक्त कार्यक्रममा मानिसहरुको उल्लेखनिय उपस्थिति हुने कुरा क्लवका बर्तमान अध्यक्ष जीबन मानन्धरले क्यापिटल खबर लाई बताउदै विभिन्न कारणले रगतको कमीबाट हुने मृत्युलाई तत्कालै अर्को मानिसको रगत दिएर बचाउन सकिने भएको हुनाले हामीले यस कुमारी युवा क्लब द्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको भन्नुभयो।

रक्तदानको ईतिहास फर्केर हेर्दा  विश्व स्वास्थ्य संगठनको आह्वानमा मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन अर्थात १४ जुन को अवसरमा रक्तदाता दिवसको रुपमा सन् २००४ देखि यो रक्तदान दिवस मनाउन पनि सुरु गरिएको पाईन्छ। नेपालको इतिहास हेर्दा रक्तदानको इतिहास धेरै पुरानो छैन ।

विभिन्न कारणले रगतको कमीबाट हुने मृत्युलाई तत्कालै अर्को मानिसको रगत दिएर बचाउन सकिने प्रविधिको विकास चिकित्सा क्षेत्रमा भए पछि समाजसेवी दयावीरसिंह कंसाकारबाट नेपालको इतिहासमा पहिलो पटक बि स २००० सालमा रक्तदान भएको थियो ।

रगतको आवश्यकतालाई परिपुर्ति गर्ने रक्तदाताहरुको कदर स्वरुप नेपालमा बि स २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन पनि आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here