महाअभियोग लगाउने सुइँको पाए पछि अख्तियारका आयुक्तले दिए राजीनामा

0
116

घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् | राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् । केहि बेर अघि आफ्नो राजीनामा पत्र बुझाउन आयुक्त राजनारायण पाठक रास्ट्रपति कार्यालय सित्तल निवास पुगेका थिए | अद्यापि यस वारे रास्ट्रपति कार्यालयले कुनै प्रतिक्रिया दिई सकेको छैन |

यस अघि पाठक ले आफै घुस स्वीकार गरेको भिडियो मिडियामा आएको थियो | नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै आयुक्त पाठकले ७८ लाख घुस लिएको बताइएको छ |

यस अघी नेपाल कम्युनिष्ट पार्टीका उपनेता सुवासचन्द्र नेम्वाङले राजनारायण पाठक विरुद्ध महाभियोग लगाउन आजैवाट प्रकिया थालिने वताएका थिए |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here