नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कास्कीको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

0
104

पोखरा, ३ फागुन  , नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कास्कीले २०७६ सालको नयाँ भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार पोखरा गीता मन्दिर सभाहलमा भएको उक्त कार्यक्रको प्रमुख अतिथि प्रा: डा. जगन्नाथ रेग्मिले उक्त भित्तेपात्रोको विमोचन गर्नु भएको थियो।  प्रमुख अतिथि प्रा: डा. जगन्नाथ रेग्मिले उक्त कार्यक्रममा बोल्दै यस जिल्ला समितिले गरेका कार्यहरू संस्कृत भाषा प्रशिक्षण ,कार्यालय स्थापना,ज्योतिष प्रशिक्षण , ज्योतिष वाणी पुस्तक प्रकाशन जस्ता कार्यको स्मरण गराउदै छोटोसमयमा यतिधेरै कार्यहरू गरेकोमा कार्य समितिलाई धन्यवाद दिदै आउदादिनमा  ज्योतिषीय क्षेत्रमा देखिएका विक्रिती विसङ्गतिलाई रोक्न पनि समिति लाग्नुपर्नेमा जोड्दिनुभएको थियो। साथै  यो पात्रो तिथि, नक्षत्र ,घन्टा ,मिनटमा भएकोले यस्ले छुट्टै सकारात्मक सन्देश दिने कुरामा पनि जोडदिनु भयो । पात्रोको समिक्षक केन्द्रीय सदस्य नारायण वरालले पात्रो निकै उत्कृष्ट समजोपयोगि समय सापेक्ष रहेको भन्दै केहि कुराहरू अझै थपहुनुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमा केन्द्रीय उप-महासचिवले उक्त पात्रोमा राखिएका कुराहरू तिथिमिति घन्टामिनट समाप्ति अवधिको रहेको र यसमा गुरूङ् जाति को (वर्ग) ल्हो राखिएको वारेमा जानकारी समेत जानकारी गराउनुभएको थियो।कार्यक्रममा विभिन्न बक्ताहरुले आ-आफ्नो धारणा राख्ने क्रममा हिरा काश्यप शास्त्रीले केन्द्रीय समितिको तर्फवाट आफ्नो मन्तव्य राख्दै शुभकाना दिनुभयो। भने उक्त कार्यक्रममा वेदनिधी शर्मा ,प्रदेश ४ अध्यक्ष रामप्रसाद कोईरालाले शुभकामना व्यक्त गर्नु भएको थियो । केदारेश्वर गुरूकुलका वटुकद्वारा स्वस्तिवाचन भएको थियो ।समितिका 
उप माहसचिब वासुदेव सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथिवर्गहरुलाई समिति उपाध्यक्ष रामेश्वर अधिकारीले  स्वागत गरेकाथिए ।  विभिन्न संघ सस्थाको बग्लो प्रतिनिधिको उपस्थिति संगै समितिका पूर्व अध्यक्षहरू ,आजिवन सदस्य प्रदेश सदस्य समिति सदस्य सल्लाहाकार एव शुभेच्छुक ज्योतिषीहरूको उपस्थितिमा आजिवन सदस्यलाई प्रमाण-पत्र वितरण गरिएको थियो। कार्यक्रमका  सन्चालन शिवदत्त रेग्मिले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here