भारतको उत्तरप्रदेश निचलौल बाट एक युवतीको उद्दार

0
103

काठमाडौँ फागुन ९,नेपालबाट विभिन्न बहनामा छिमेकी देश भारतमा लागि बन्धक बनाई राखिएका ६, जना नेपाली युवती मध्ये एक युवतीको आफन्त नेपाल (KIN NEPAL)ले भारतीय प्रहरीको सहयोगमा नवलपरासीकी २१ वर्षीया युवतीको उत्तरप्रदेशस्थित निचलौल बाट उद्दार गरिएको जनाएको छ । त्यहाँको एक कोठामा रहेका ६ नेपाली युवतीहरुमध्ये एकको उद्दार गरिएको आफन्त नेपाल (KIN NEPAL)का कार्यकारी निर्देशक इन्द्रराज भट्टराईले बताए । अन्य युवतीहरुले नेपाल फर्किन नमानेको उनको भनाइ छ ।

उद्दार गरिएकी युवतीलाई  काममा लगाइ दिने भन्दै महेशपुरका मनोज धोबीले निचलौल लगेका थिए । काममा लगाइ दिने भन्दै लगिएपनि ८० हजार भारतीय रुपैयाँमा बेचिएको पाइएको निर्देशक भट्टराईले बताए ।

आफु घर फर्किन चाहेको भएपनि नपठाएपछि बेचिएको थाहा पाएको उद्दार गरिएकी युवतीले बताइन् ।

उनी ६ महिनासम्म नफर्किएपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा निवेदन दिएका थिए । प्रहरीले बेचविखनविरुद्ध कार्यरत संस्थालाई उद्दारको लागि आग्रह गरेको थियो ।

उनलाई भारत लग्ने मनोजको खोजी भइरहेको सिमा प्रहरी चौकी महेशपुरका प्रहरी इन्चार्ज बिष्णु सापकोटाले बताए । ६ महिनाको अवधिमा नौ युवतीको सीमाबाट उद्दार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here