पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना मृत्यु हुने मध्य ५ जनाको शव भेटियो

0
183

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले क्यापिटल खबरलाई बताए । शवको पहिचान हुन बाँकी छ । थप विवरण केहीबेरमा

प्रत्यक्षदर्शीको बयान : दुर्घटना स्थलमा अहिले पनि धुँवा आइरहेको छ

पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् ।

उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले क्यापिटल खबरसँग भने, ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।’


घट्नास्थलमा रहेका काफ्लेपाटीका जगत कार्की दुर्घटना भएका बेलामा हिउँ परिरहेको बताउँछन् । उनका अनुसार ताप्लेजुङ सदरमुकामबाट आउन तीन–चार घण्टा लाग्छ । उनले आगो बलिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here