कम्युनिष्ट आन्दोलन र बल प्रयोग

0
249

प्रकाश पोखरेल
रावाबेँसी गा.पा. १
खोटाङ

विश्व कम्युनिष्ट आन्दोलनले दुई सय वर्ष भन्दा बढि समय पार गरिसकेको छ । यो दुई सय वर्ष को समयका विश्वको समाज, चेतना र परिस्थिती पनि निकै बदलिसकेको छ । यो लामो अवधिमा विश्व कम्युनिष्ट आन्दोलनले पनि विभित्र आरोह र अवरोहहरु पार गरि सकेको छ । साच्चै भत्रुपर्दा आरोह भन्दा पनि अवरोहहरु बढि कम्युनिष्ट आन्दोलनले खेपेको छ । विश्वका प्रमुख कम्युनिष्ट सत्ताहरु ढलेका छन त्यसको तुलनामा नयाँ कम्युनिष्ट सत्ताहरु निर्माण हुन सकेनन् । साम्राज्यवाद, विस्तारवाद र पुँजिवादका विभित्र षड्यन्त्र तथा कम्युनिष्टहरुका आन्तरिक कलह र आपसी द्धन्दका कारणले बिसौ सताब्धीको अन्त्य तिर धेरै कम्युनिष्ट सत्ताहरु ढल्न पुगे । अहिले पनि केहि प्रमुख कम्युनिष्ट सत्ताहरु कायम रहेका छन, तर ति कम्युनिष्ट सत्ताहरु कि त निरंकुश तानाशाहीको जगमा टिकेका छन कि त आँफुलाई परिवर्तन गरेर रहेका छन । समग्रमा भत्रुपर्दा विश्व कम्युनिष्ट आन्दोलन अहिले निकै रक्षात्मक अवस्थामा रहेको छ । तर दुई शताब्धी भन्दा बढी समय बित्दा पनि माक्र्सवादको सान्दर्भिकता अझै बढि रहेको छ । माक्सवाद बैज्ञानिक दर्शन हो । माक्र्सवाद एक विज्ञान हो । विज्ञानको सान्दर्भिकता कहिले कम हुँदैन बरु अझ बढेर जान्छ । विज्ञान अँधुरो हुन सक्छ तर झुटो हुँदैन । त्यसैले विज्ञान दिन प्रतिदिन परिमार्जित हुँदै अझ परिस्कृत हुँदै जान्छ । अहिले को अवस्थामा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ, तर पनि विश्वका तमाम शोशित पडित र सर्वहारा वर्गका जनताको आकर्षण माक्र्सवाद तर्फ बढिरहेको छ । तर विश्वका अधिकांश पुँजीवादी शाशकहरुले ९० को दशकमा तत्कालिन सोभियत संघ विघटन भएपछि रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलन अव कहिले उठ्न सक्दैन विश्वमा माक्र्सवादको औचित्य समाप्त भइसको भनेर निकै डंका पिटेकै हुन । तर केहि समय घामको प्रकाशलाई बादलले छेकेर केहि समय धर्तिमा अंधकार छाउँदैमा सुर्यको अस्तित्व सकियो भत्र मिल्दैन । जसरी बादल फाटेपछि घामका किरणहरु अझ तेजिलो सँग फैलिन्छन त्यसरी नै वर्तमान विश्वमा पनि कम्युनिष्ट आन्दोलन प्रतिको जनताको आकर्षण फैलिरहेको छ जुन कुराको पुष्टी इराक जस्तो कट्टरपन्थी देशको निर्वाचनमा कम्युनिष्ट पाटीले विजय हाँसील गर्नुले भएको छ ।


कम्युनिष्ट आन्दोलनमा बल प्रयोगको सिद्धान्तलाई अंगिकार गरिएको हुन्छ । केहि संख्यामा रहेका शासकहरुले तमाम श्रमिक सर्वहारा वर्गका जनताहरुलाई अन्यायपूर्ण शाशन गरेको आवस्थामा त्यो राज्यसत्ताको सुरक्षा बन्दुकद्धारा भएको हुन्छ । निर्विकल्प मानिएको त्यो व्यवस्था बदल्नको लागि सर्वहारा जनताले हतियार अनिवार्य उठाउनु पर्ने हुन्छ र कम्युनिष्ट पार्टीको नेतृत्वमा पूर्ण प्रजातन्त्र प्राप्तीको लागी आम सर्वहारा श्रमिक वर्ग गोलबन्द भएर शशस्त्र बिद्रोहको शंखघोष गर्दछन । यसलाई क. माओ त्से तुङ्ग को भनाईले पुष्टी गर्दछ ः बन्दुकद्धारा संरक्षित सत्ता ढाल्नको लागि बन्दुकको प्रयोग अनिवार्य हुन्छ । अर्थात बन्दुकको नालबाट राज्यसत्ताको जन्म हुन्छ । तर बल प्रयोगको अवधारणा सँधै एकै तरिकाले हुँदैन । जसरी भुगोल अनुसार समाजको संरचना फरक हुन्छ त्यसरीनै समाज अनुसार त्यहाँका मानिसको चेतना र त्यहाँको शाशन व्यवस्था पनि फरक हुन्छ । त्यसैले कुनै एक देशको क्रान्तीको हुबहु नक्कल गरेर अर्को मुलुकमा त्यहि क्रान्ती दोहा¥याउन खोज्नु फगत मुर्खता मात्र हो । संसारको कम्युनिष्ट आन्दोलन लाई मध्यनजर गर्दा मुख्यतः दुई अवस्थामा मात्र बल प्रयोगद्धारा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गरेको देखिन्छ ः–


१) निरङ्कुश तानाशाहि शाशनको विरुद्धमा
यदि कुनै पनि मुलुकमा निरङ्कुश तानाशाहि शाशन व्यवस्था रहेको छ भने त्यहाँ बल प्रयोग अनिवार्य हुन्छ । जनताको लोकतान्त्रिक पद्दती मार्फत शान्तीपूर्ण माध्यम बाट प्रजातन्त्र प्राप्तीका लागि गरिएको हरेक कदमहरु सत्ताले नजरअन्दाज गर्छ जनताको शान्तीपूर्ण आन्दोलनलाई निरुत्साहित पार्नको लागि आफ्ना सैन्य संरचनाहरुको माध्यमबाट जनताका आवाजहरुको निर्मम दमन गर्छ भने त्यो व्यवस्था बदल्नको लागि कम्युनिष्ट पार्टीले आफ्नो छुट्टै सैन्य संरचना निर्माण गरेर शशस्त्र विद्रोह गरेर सत्ताको विरुद्धमा आन्दोलन गर्दछन । र जनताले पनि बिद्रोहमा साथ दिएर कम्युनिष्ट आन्दोलन सफल बनाउँदछन । यो आन्दोलनको सफलता प्रथम कम्युनिष्ट अन्तराष्ट्रिय को निर्माणको बेला (पेरु कम्युनिज्म) दोश्रो कम्युनिष्ट अन्तराष्ट्रिय तत्कालिन सोभियत संघमा जार शाशनको विरुद्धमा भ्लादिमिर इल्यिच लेनिनको नेतृत्वमा अक्टोवर क्रान्ती, क्युवाको फिडेल क्यास्त्रोको नेतृत्वको क्रान्ती लगायत सफल भएका क्रान्ती हुन् ।


२) विस्तारवाद, साम्राज्यवाद वा औपनिवेशिक शाशकका विरुद्धमा ः
यदि कुनै मुलुकमा बैदेशिक औपनिवेशिक शाशन रहेको छ वा भनौ कुनै देशले अर्को देशमा आफ्नो उपनिवेश खडा गरेर शाशन गरिरहेको छ वा त्यहिको कुनै शाशकलाई कुनै कठपुतली बनाएर आफ्नो स्वार्थ अनुसार शाशन सञ्चालन गर्न सहयोग गरिरहेको अवस्थामा त्यस मुलुकको स्वतन्त्रताको निम्ती बल प्रयोग अनिवार्य हुन्छ । शान्तिपूर्ण आन्दोलनलाई विदेशी शाशकले सुन्दैन र निर्मम दमनमा उत्रन्छ । त्यसको प्रतिरोधमा कम्युनिष्ट पार्टीले शशस्त्र बिद्रोह वा दिर्घकालिन जनयुद्धको बाटो अख्तियार गर्दछन् । जनमुक्ती सेनाको निर्माण गरि फौजी कार्य दिशालाई अवलम्वन गर्दछन । यस्तो किसिमको परिवेशमा इतिहासमा विभित्र मुलुकमा कम्युनिष्ट आन्दोलन सम्पत्र भएका छन् । जस्तो ः– क. हो चि मिन्ह नेतृत्वको भियतनामको क्रान्ती, क. किम इल सुङ्ग नेतृत्वको प्रजातान्त्रिक जनगणतन्त्र कोरिया(उत्तर कोरिया)को क्रान्ती, क. माओ त्से तुङ्ग नेतृत्वको चिनियाँ नयाँ जनवादी क्रान्ती आदी ।
यि माथीका दुइ परिवेश भन्दा बाहेकको परिवेश भएको मुलुकमा जनवादी क्रान्ती सम्पत्र गर्नको लागि कम्युनिष्ट पार्टीले बल प्रयोग द्धारा सत्ता कब्जाको प्रयास गरेका छन त्यहाँ कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ । साथै कम्युनिष्ट आन्दोलननै बदनाम हुन पुगेको छ । जस्तो क. गोञ्जालोकोे नेतृत्वमा साइनिङ पाथ पार्टीले गरेको जनयुद्ध, क. चारु मजुमदारले नेतृत्व गरेको वर्ग शत्रु सफाया आन्दोलन, कम्बोडियाको कम्युनिष्ट आन्दोलन, भा.क.पा.(माओवादी)ले यद्यपी सञ्चालन गरिरेको शशस्त्र युद्ध आदी यसका उदहारण हुन । र वर्तमान परिवेशमा लोकतन्त्रको विरुद्धमा गरिने वल प्रयोगको कार्यदिशाको प्रमुख असफल उदहारण भनेको अन्तराष्ट्रिय क्रान्तिकारी आन्दोलन ९च्भखयगितष्यलबचथ क्ष्लतभचलबतष्यलब िःयखझभलत च्क्ष्ः० को असफलता हो ।

नेपालको सन्दर्भमा कम्युनिष्ट आन्दोलन र बल प्रयोग
नेपाल संसारको एकमात्र यस्तो देश हो जहाँ प्रत्येक दश वर्षमा जनताले आफ्नो अधिकार प्राप्तीको लागि विभित्र खाले आन्दोलनहरु गर्नु परेको छ । नेपालको राजनैतिक इतिहासमा राणा शाशनको उत्तरार्धबाट प्रत्येक दशकमा साना–ठुला विद्रोहहरु भएका छन् । १९९७ साल, २००७ साल, १७ साल, २७ साल, ३६ साल ४६ साल, ५२ साल ६२÷६३ साल, ७२ साल आदिमा नेपालमा विद्रोह वा परिर्वतन भएका छन । इतिहासमा भएका यि क्रान्ती, विद्रोह वा परिवर्तनमा नेपालका कम्युनिष्ट पार्टीहरुको प्रमुख भुमिका रहेको छ । यि विद्रोहहरुमा कम्युनिष्ट पार्टीहरुले शान्तिपूर्ण र शशस्त्र दुबै आन्दोलनको सफल नेतृत्व गरेका छन र जनतालाई परिर्वतनको अनुभुती गराएका छन । राणा शाशन विरुद्धको क्रान्ती, ०२८ सालको झापा विद्रोह, पञ्चायती व्यवस्था विरुद्धको क्रान्ती र राजतन्त्र विरुद्धको ५२ सालको जनयुद्ध तथा ६२÷६३ सालको दोश्रो जनआन्दोलन सबैमा कम्युनिष्ट पार्टीहरुको नेतृत्वदायी तथा समान भुमिका निर्वाह गरेका छन । र २०७२ मा जनताको मत द्धारा निर्वाचित संविधानसभा बाट जनताले आफ्नो संविधान जारी गरे त्यसपछि जनताका सम्पूर्ण राजनैतिक अधिकारहरु सुरक्षित भएका छन । संविधानसभाको एजेण्डा पनि मुख्य गरि कम्युनिष्ट पार्टीहरुकै रहेको थियो र संविधान निर्माणमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वदायी भुमिका रहको थियो । हिजोको निरंकुश व्यवस्थामा विभित्र कालखण्डमा कम्युनिष्ट पार्टीहरुले बल प्रयोगको नीतिलाई अख्तियार गरेका थिए । तर आज जनताले आफ्नो संविधान आँफैले निर्माण गरेर आफ्ना सम्पूर्ण राजनैतिक अधिकार प्राप्त गरिसकेको अवस्थामा पनि केहि कम्युनिष्ट पार्टीहरु अझै बल प्रयोग गर्ने दिशामा अग्रसर हुँदै गइरहेका छन्, जुन तिनै कम्युनिष्ट पार्टीको लागि पनि प्रत्युत्पादक छ र समग्र नेपाली कम्युनिष्ट आन्दोलनमा पनि एउटा धब्बा लाग्ने देखिन्छ ।

नेपालका कम्युनिष्ट पार्टीहरुमा अरुको नक्कल गर्ने यान्त्रिकतावाद को रोग हावि भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा कुन देशको नक्कल गर्ने र कुन देशका कम्युनिष्टहरु वास्तविक क्रान्तिकारी हुन भत्रे सामान्य विषयमा पनि पार्टी विभाजन भएको पाइन्छ । अझ नक्कल गर्ने सवालमा कुनै समय मस्कोमा पानी प¥यो भने तत्कालिन सोभियत संघ समर्थित कम्युनिष्टहरु नयाँ सडकमा छाता ओढ्ने गर्थे भत्रे भनाइ यद्यपी प्रचलित रहेको छ । तर कम्युनिष्ट आन्दोलन कुनै एक देशको नक्कल गरेर सम्पत्र हुँदैन । सोभियत संघको जस्तो चिनको क्रान्ति थिएन । चिनको जस्तो क्युवा को थिएन, क्युवाको जस्तो उत्तर कोरियाको थिएन, उत्तर कोरियाको जस्तो भियतनामको थिएन । संसारमा जति पनि कम्युनिष्ट आन्दोलन सफल भएका छन ति सबै माक्र्सवादी सिद्धान्तको जगमा आफ्नो देश र समाजको मौलिकता अनुसार सफल भएका छन । नेपालको पनि आफ्नै मौलिक विशेषता रहेको छ । त्यसैले यहाँको कम्युनिष्ट आन्दोलन पनि यहिँको मौलिकता अनुसार अगाडी बढ्नु पर्छ । नेपालमा अहिले सम्पूर्ण राजनैतिक संघर्षहरु सकिसकेका छन । जनताको अभिमतद्धारा कस्तो व्यवस्था अवलम्वन गर्ने भत्रे अधिकार संविधानले दिएको छ । आज नेपालमा न त कुनै निरंकुश शाशन छ न त औपनिवेशिक शाशन रहेको छ । यस्तो अवस्थामा बल प्रयोग वा शशस्त्र विद्रोह गर्ने भत्रे कुरा फगत मुर्खता मात्र हो । यसो भनिरहँदा कतिपयको हिजो हतियार उठाउनु सहि थियो आज किन गलत भत्रे प्रश्न आउँछ । हिजो को परिस्थिती र आजको अवस्था फरक छ । कम्युनिष्ट हरुले निरंकुशताका विरुद्धमा हतियार उठाएर बल प्रयोग गर्छन न कि एउटा तानाशाहको स्थानमा अर्को तानाशाहलाई स्थापित गर्न । हिजो ९० को दशकमा संसार भरिनै कम्युनिष्ट आन्दोलन असफल भएर कम्युनिष्टहरु पतनको दिशामा गइरहँदा नेपालमा भने कम्युनिष्ट पार्टी प्रति जनताको आकर्षण चुलिँदो अवस्थामा थियो जुन यद्यपी छ । त्यसको कारण भनेको जननेता क. मदन भण्डारीले जनताको बहुदलिय जनवादको सिर्जना गरेर कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्नु र नेपालको कम्युनिष्ट आन्दोलनलाई नेपाली मौलिकता अनुसार अगाडी बढाउनु रहेको थियो । माक्र्सवादको नेपाली मौलिकता अअनुसारको सिद्धान्त जनताको बहुदलिय जनवादको जगमा तत्कालिन नेकपा(एमाले) जनताको मत द्धारा निर्वाचित भएर सरकार सञ्चालन गर्ने संसारको पहिलो कम्युनिष्ट पार्टी बत्र सफल भएको थियो । नेपालबाट शुरु भएको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण अहिले संसार भरि फैलदो क्रममा छ । आज दक्षिण अमेरिकाका अधिकांश मुलुकहरुमा त्यहाका कम्युनिष्ट पार्टी, प्रगतिशिल पार्टी तथा बैज्ञानिक समाजवाद पक्षधरका पार्टीहरुले लोकतान्त्रिक पद्धतिबाट जनअनुमोदित भइ सत्ता सञ्चालन गरिरहेका छन । ब्राजिल कि पुर्व राष्ट्रपति डिल्मा रुसेफ कुनै बेला कम्युसनष्ट छापामार थिइन्, उरुग्वेका राष्ट्रपति व्यकभ ःगवष्अब कुनै समय छापामार थिए, अहिले विश्वका अधिकांश कम्युनिष्टका रोलमोडल बनेका भेनेजुएलाका दिवंगत राष्ट्रपति ह्युगो चावेजले कुनै समय असफल सैन्य विद्रोह गरेका थिए । तर हिजोको जस्तो तरिकाले लहडमा क्रान्तिको नाममा हतियार उठाएर आजको समयमा कम्युनिष्ट आन्दोलन उठ्न नसक्ने देखेर नै उनिहरुले लोकतान्त्रिक विधिबाट कम्युनिष्ट आन्दोलनलाई स्थापित गरेर अगाडी बढाउन सफल भए । यो क्रम आज इराक जस्तो कट्टरपन्थि मुलुक सम्म आइपुगेको छ । आज विश्वमा नै जनताहरु स्वतन्त्रता र लोकतन्त्रको पक्षमा रहेका छन, त्यसैले अबको कम्युनिष्ट आन्दोलन पनि लोकतान्त्रिक विधि बाटनै अगाडी बढ्नु पर्छ । नेपालमा पनि हिजोको दिनमा कम्युनिष्ट आन्दोलनमा बल प्रयोगको विधिलाई अंगिकार गरिएको थियो । त्यो समयको माग थियो । हिजोको समयमा निर्विकल्प मानिएका राणा शाशन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रात्मक व्यवस्थामा जनताले आफ्नो अधिकार पाएका थिएनन् । ति व्यवस्थाको विकल्पमा कुनै संवैधानिक व्यवस्था थिएन । तर आज संविधानले सम्पूर्ण अधिकारहरु जनतामा निहित गरेको छ । आज देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रहेको छ । संसदिय पद्दतिमा रहेको छ । कुनै पार्टीलाई संसदिय व्यवस्था मन नपर्न सक्छ । त्यसको विकल्पमा निर्वाचनमा दुई तिहाँई मत ल्याएर संविधान शंसोधन गरेर संसदिय व्यवस्था खारेज गर्ने अधिकार संविधानले दिएको छ । अहिलेको संविधान पनि केहि पार्टी हरुलाई चित्त बुझेको छैन संविधान शंसोधन गर्ने अधिकार पनि यो संविधानले दिएको छ । हिजो राणा, पञ्चायत र राजतन्त्रको विरुद्धमा हतियार उठेको थियो किनकि त्यतिबेला जनतामा राजनैतिक अधिकार थिएन । राष्ट्रको सर्वभौमसत्ता राजामा निहित थियो । राणा तथा राजाहरु संविधान भन्दा माथी थिए । संविधानमा ति सत्ताको विकल्पमा जनतालाई अर्को सत्ता चुत्रे अधिकार थिएन त्यसैले वल प्रयोग आवश्यक थियो । तर आजको परिस्थिती फरक छ । संविधान भन्दा माथी कोहि पनि छैनन् । राष्ट्रको सर्वभौमसत्ता जनतामा निहित छ । जनताले आँफुलाई मनपर्ने व्यवस्था निर्वाचनको माध्यमबाट छात्र पाउँछन् । राष्ट्रको सर्वोच्च पदमा चुत्रे चुनिने अधिकार जनतामा संविधानले प्रत्याभुत गरेको छ । आज जनताले सम्पूर्ण राजनैतिक अधिकार प्राप्त गरेका छन् । आजको परिस्थितीमा फेरी हिजोकै नक्कल गरेर कोहि व्यक्तिले लहड र रहरमा क्रान्ति नायक बत्र खोज्नु दिवा सपना मात्र हुने छ । इतिहाँस एकै प्रकृतिले दोहोरिदैन । क. कार्ल माक्र्स ले भत्रु भएको छ ः इतिहास एक पटक वियोगान्त रुपमा आउँछ र दोहोरिदा मजाकको रुपमा दोहोरिन्छ । त्यसैले अब पनि हिजोकै क्रान्तिको नक्कल गरेर फेरी वल प्रयोगको कार्यदिशालाई अंगिकार गर्न खोज्नु भनेको समग्र कम्युनिष्ट आन्दोलनलाई मजाक बनाउनु जस्तो हुन्छ ।

आजको समयमा पनि १९ औँ शताब्धीकै शैलिमा कम्युनिष्ट आन्दोलन सफल बनाउन खोज्नु फगत जडसुत्रवाद र यान्त्रिकतावादको पराकाष्टा मात्र हो । कम्युनिष्टहरु आँफैमा एक परिवर्तनकारी शक्ति हुन् । त्यसैले कम्युनिष्टहरु आँफै पनि परिवर्तन हुनु जरुरी छ । नेपालमा कम्युनिष्ट प्रतिको जनमत धेरै रहेको छ । नेपाली जनताले अहिले दुइतिहाँई अभिमत सहित कम्युनिष्ट पार्टीलाई सत्ता सञ्चालनको जिम्मेवारी दिएका छन । यहि लोकतान्त्रिक विधिबाट नेपालमा कम्युनिष्ट पार्टीहरु अगाडी बढ्नुको विकल्प छैन । नेपालमा कम्युनिष्ट पार्टीहरु टुक्रा–टुक्रामा विभाजित भएर रहनु नेपाली कम्युनिष्ट आन्दोलनको दुर्भाग्य भएको छ । र फेरी शशस्त्र विद्रोह गर्न खोज्नु समग्र नेपाली कम्युनिष्ट आन्दोलन, अहिले सम्मको उपलब्धि, देश र जनताकै लागि दुर्भाग्य हुनेछ । जिवनको लागि सिद्धान्तको निर्माण हुन्छन, सिद्धान्तको लागि जिवन होइन । त्यसैले आज छरिएर रहेका कम्युनिष्ट पार्टी वा समुहहरु एकै ठाउँमा उभिएर एउटै कम्युनिष्ट पार्टी निर्माण गरि जनताले दिएको यो दुइतिहार्इँ को ऐतिहासिक जिम्मेवारीलाई सफलता पुर्वक निर्वाह गरि बैज्ञानिक समाजवादी राज्यको निर्माण गर्नु अहिलेको नेपालि कम्युनिष्टहरुको प्रमुख दाइत्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here