वैशाखदेखि पाइपलाइनबाट इन्धन आयत हुने

0
142

बारा – बहुप्रतीक्षित मोतिहारी( अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको हो ।

निकुञ्जको नौ किलोमिटर क्षेत्रको रुख कटान गरी पाइपलाइन बिछ्याउने काम सुरु भइसकेको र वैशाख पहिलो हप्ता निर्माण सम्पन्न हुने आयोजनाका अधिकारीहरुले बताएका छन् । 

आयोजना प्रमुख प्रदिप यादव भन्छन्, ‘पाइपलाइनको ८० प्रतिशत काम सकिएको छ । बाँकी रहेको पाइप बिछ्याउने कार्य एक महिनाभित्रमा पूरा हुन्छ ।’ याे समाचार उपेन्द्र यादवले नागरिकमा लेखेका छन् ।

पत्रपत्रिका बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here