नेपाल ज्योतिष परिषद् कास्कीको १६ औँ बर्षिक उत्सव सम्पन्न ,

0
122

चैत्र १३, बुधबार पोखरा । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कास्कीको १६ औँ बर्षिक उत्सव एबं गण्डकी पञ्चाङ्ग विमोचन गरेको छ ।

पोखरा गोल्डेन हाउस पार्टी प्यालेसमा राष्ट्रियगान सँगै प्रारम्भ भएको कार्यक्रममा प्रमुख अतिथी केदारेश्वरका पिठाधिष डा. लेखनाथ आचार्य, र बिशिष्ट अतिथी ज्योतिष मनोहरी त्रिपाठीले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो । भने समितिकी उपाध्यक्ष दुर्गा आचार्य दाहालले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष ज्यो. बासुदेव सुवेदीद्वारा बार्षिक प्रतिवेदन, कोषाध्यक्ष ज्यो. केदारप्रसाद लम्सालद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । ज्यो.हिरा कास्यपद्वारा प्रकाशित गण्डकी पञ्चाङ्गको बिमोचन पनि साेही कार्यक्रममा गरीएकाे छ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद कोइराला, संस्थापक अध्यक्ष कल्याण पन्त, पूर्व अध्यक्ष होमनाथ पोख्रेल, केन्दिय सदस्य नारायण बराल, ज्यो. डा. बलराम उपाध्याय रेग्मी, र रबिभक्त बरालले आफ्नो मन्त्ब्य राख्नुभएको थियो ।

चन्द्रकुमारी कडेल, ज्यो. नारायण बराल र मोहराज ढकाललाई आजिवन सदस्यता र कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

ज्योतिष परिषद्का अध्यक्ष बासुदेब सुवेदीको सभापतित्व रहेको कार्यक्रममा हिमाल पञ्चाङ्गका पञ्चाङ्गकार पदमनाथ त्रिपाठीकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here