ड्रागन ईनभेष्टमेन्ट कम्पनी द्वारा थान्का,हेण्डीक्राफ्ट प्रर्दशनी हुँदै।

0
152

काठमाडौँ , ड्रागन ईनभेष्टमेन्ट कम्पनीको आयोजनामा थान्का र हेण्डीक्राफ्ट पारखिहरुको लागि मध्यनजर गर्दै यहि चैत २५, गतेदेखि २०७६, बैशाख २, गते सम्म काठमाडौँ ,ठमेल स्थित छायाँ कम्प्लेसमा उच्चस्तरीय विभिन्न डिजाइनका थान्का, हेण्डीक्राफ्ट प्रर्दशनी,”नयाँ वर्ष धमाका” हुनेभएको छ।

नयाँ वर्ष २०७६ लाई मध्येनजर गरी आयोजना गर्न लागिएको उक्त प्रर्दशनीमा सुलभ मुल्यमा आकर्षण र गुणस्तरिय थान्का,हेण्डीक्राफ्ट बिक्रि वितरणको लागि यस प्रर्दशनीको अबधि भरी ५०,% सम्म छुटको व्यवस्था गरिएको कुरा ड्रागन ईनभेष्टमेन्ट कम्पनीको अध्यक्ष किसन राज सिंहले बताउनुभयो ।

बिशेष गरी थान्का, हेण्डीक्राफ्ट पारखिहरुको लागि यो प्रर्दशनी फलदायी,उपयुक्त हुने नै भयो। साथमा सर्वसाधारण लाइ पनि थान्का, हेण्डीक्राफ्टको बिषयमा अबलोकन गर्ने मौका र चासोको बिषय रहने छ।भने ग्राहक बर्गले खरिद गरेको बस्तुको कुपन वाट बिशेष उपहारको आयोजना पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here