पोखराको चोकचोकमा मिटरमा नचल्ने ट्याक्सीलाई सादा पोशाकका प्रहरीले कारबाही गर्दै ।

0
97

क्यापिटल खबर संवाददाता पोखरा १९, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मिटरमा यात्रु बोक्न नचाहने ट्याक्सीलाई कारवाही तीव्र बनाएको छ । सादा पोशाकमा प्रहरी खटाएर मंगलबार पोखराका विभिन्न स्थानबाट दर्जन भन्दा बढी ट्याक्सीलाई कारवाहीको लागि कार्यालय परिसरमा राखिएको छ ।

दिउँसोबाट नै विभिन्न स्थानमा प्रहरी परिचालन गरी मिटरमा नचल्ने ट्याक्सीलाई कारवाही स्वरुप नियन्त्रणमा लिइरहेका छौं,’ ट्राफिक इन्सपेक्टर मुरारी मिश्रले पत्रकार सँग भने, ‘बेलुकी सम्म अझै धेरै हुन सक्ने अनुमान गरेका छौं । नियन्त्रणमा लिइएका ट्याक्सी कार्यालय परिसरमा आउने क्रम जारी छ ।

नियन्त्रणमा लिएका ट्याक्सीलाई कारवाही स्वरुप कति जरिवाना तिराउने ट्राफिकले खुलाएको छैन् । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले मिटरमा जान नचाहने ट्याक्सीलाई कारवाही बापत ५ हजार शुल्क जरिवाना लिदैँ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here