नेपाल बारमा प्रगतिशील समूहलाई लोकतान्त्रिक समूहले उछिन्यो, पोखरेल १४३१, श्रेष्ठ १३५३

0
132

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा दुई पक्षबीच कडा टक्कर देखिएको छ । मत गणताको पहिलो दिन प्रगतिशील समूहको अग्रता थियो । तर मंगलबार रातीसम्म आइपुग्दा लोकतान्त्रिक समूहले उछिनेको छ । पूर्वी क्षेत्रको इलाम, झापा र विराटनगरको मतगणना हुँदा प्रगतिशील समूह अगाडी थियो ।

प्रगतिशील समूहबाट अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ ८७ मतले अगाडी थिए । मंगवार रातिदेखि लोकतान्त्रिक समूहका सुनिल पोखरेलले उछिनेका छन् । श्रेष्ठभन्दा उनको ७८ मत अगाडी देखिएको छ ।

लोकतान्त्रिक समूहका पोखरेलले १ हजार ४ सय ३१ मत ल्याएका छन् भने भने प्रगतिशील समूहका श्रेष्ठले १ हजार ३ सय ५३ मत पाएका छन् । यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मत अन्तरले अगाडि छन् । पौडेलले १ हजार ४ सय ३२ र थापाले १ हजार २ सय ९३ मत पाएका छन् ।

मंगलबार रातिदेखि स्थगित भएको मतगणना बुधवार विहान ९ बजेदेखि मतगणना हुने भएको छ । अब कैलाली, कञ्चनपुर, नेपालगञ्ज, सुर्खेत, दाङ घोराही र काठमाडौं उपत्यकाको मत गणना बाँकी छ । निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल बार एसोसिएसनकाे नयाँ नेतृत्वका लागि देशभरका १० हजार ३१३ प्रतिनिधिले मताधिकार प्रयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here