प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा भेटवार्ता

0
87

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीले भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग  भेटवार्ता गरेका हुन् ।

भेट जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । अधिकारीका अनुसार मुख्यमन्त्रीसँग भेटघाटको विशेष एजेन्डा थिएन । तर विकास परिषद्को बैठकका लागि काठमाडौं आएको मौकामा प्रधानमन्त्रीसँग सबैले एकैपटक भेट गरेका हुन् ।

भेटमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट तथा सार्वजनिक सरोकारका विषयमा छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here