चर्चित र्‍यापार निर्णयश्रेष्ठद्वारा थान्का स्वरुम उद्घाटन।

0
204

काठमाडौं । युवा थान्का व्यवसायी किसन सिंहले काठमाडौंस्थित ठमेलको छायाँ कम्प्लेक्समा नयाँ थान्का स्वरुम संचालनमा ल्याएको छन् । आज सोमबार चैत २५ गते चर्चित र्‍यापार निर्णय श्रेष्ठद्वारा स्वरुमको रिवन काटेर उद्घाटन गरिएको थियो ।

नयाँ वर्ष २०७६ साललाई लक्ष्तित गरी ग्राण्ड ओपनिङ गरिएकाे यस थान्का स्वरुममा एक हप्ताका लागि ५० प्रतिशत छुटमा थान्काहरु किन्न सकिने अफरसमेत दिइएकाे छ ।

किसन सिंह नेपालका एकजना उदाहरणीय ठूला थाङ्का संकलक तथा काष्टकला (उडन क्राफ्ट) व्यवसायी हुन् । ३२ वर्षीय किसनले यो व्यवसाय शुरु गरेको एक दशक भयो । तर यस छोटो अवधिमा उनले यसै व्यवसायबाट काठमाडौंको नयाँ बजारमा आफ्नै भवन निर्माण गरेर ड्रागन इन्भेष्टमेन्ट प्रालि अर्थात् थाङ्का, मुर्ति तथा काष्टकलाको व्यवसाय संचालन गर्दै आएका थिए । व्यवसायको विस्तार गर्ने शिलशिलामा भर्खरै नयाँ स्वरुम ठमेल बजारको छायाँ कम्प्लेक्समा खोलेका हुन् ।

उनका अनुसार विश्वभरी नै थान्काको बजार छ । त्यसमा पनि सबैभन्दा धेरै माग युरोपियन कन्ट्रिहरुमा भएको उनी बताउँन्छन् । उनीसँग अहिले करिब ६ करोड जतिको होलसेल मूल्यको थान्का संकलन छ । उनले थान्का व्यवसायबाट मात्रै प्रत्येक्ष अप्रत्यक्ष रुपमा करिब २ हजारले रोजगारी पाएको उनी बताउछन् ।

उनले थाङ्कालगायत अन्य हस्तकलासम्बन्धी सामग्रीहरू उत्पादनका लागि देशका विभिन्न ठाउँका युवा–युवतीहरूलाई प्रोत्साहित गरेर उत्पादन गर्न लगाएका छन् । उत्पादित त्यस्ता सामग्री संकलनका लागि उनी आफै जान्छन् र संकलिन सामग्री संसारका विभिन्न मुलुकहरूमा पठाउने गर्छन् । किसनका अनुसार यो ठूलो सम्भावना रहेको प्रतिस्पर्धारहित बजार व्यवसाय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here