कास्कीमा अभिभावक प्रशिक्षण कार्यक्रम

0
52

पोखरा, २५ चैत । समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत पछिल्लो समय विभिन्न जनचेतनामुलक कार्यक्रमहरु भईरहेका छन् सोहि क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीले यही चैत्र २५ गते अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

देशको भविश्यलाई दिशानिर्देश गर्ने हाम्रा बालबालिकाहरुलाई हामिले कस्तो किसिमको वातावरण दिनुपर्छ , वालबालिकालाई कसरी विकृती विसंगतीबाट बचाउने, हाम्रा स(साना क्रियाकलापहरुले कसरी बालिकाहरुलाई गहिरो प्रभाव पार्छ भन्ने लगायतका विषयमा अभिभावकलाई प्रशिक्षण प्रदान गरी बालबालिकालाई बिकृतीहरुको सिकार हुनबाट जोगाउने उदेश्यले उक्त प्रशीक्षण प्रदान गरीएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बालबालिकाको पहिलो शिक्षक र पाठशाला उसको घर र उसका अभिभावक हुने भएकाले बालबालिकाको मस्तिष्कमा नकरात्मक प्रभाव पर्ने कुनैपनी गतिविधी नगर्न आग्रह समेत गर्नु थियो ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले बालबालिका माथी हुने जुनसुकै हिंसा र अत्याचार प्रती नेपाल प्रहरी कडा रुपले प्रस्तुत हुने बताउदै समाजमा कही कतै बाल अदिकार शोषण भए तत्कालै प्रहरीलाई जानकारी गराउन समेत अनुरोध गर्नु भएको छ कार्यक्रममा जिल्ला स्थित विभिन्न जनप्रतीनिधीहरु, आमा समुह,युवा क्लव,सामुदायिक सेवा केन्द्र, लगायत अन्य सर्वसाधरणहरुको उलेख्य उपस्थिती रेहको थियो । कार्यक्रममा वरिष्ठ मानसीक स्वास्थ्य विशेषज्ञ डाक्टर शुशिल कडेल लगायत उहाँको विशेषज्ञ समुहद्धारा सहजीकरण गरीएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here