गण्डकी प्रदेशले हावाहुरी पीडितलाई १ करोड सहयोग,

0
54

पोखरा, २८ चैत बारा, पर्साका आएको हावाहुरी पीडितलाई गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले हावाहुरी पीडितको आवास निर्माण सहयोगका लागि प्रदेश २, सरकारलाई गण्डकी प्रदेशले सहयोग गर्ने निर्णय गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रवक्ता राम शरण बस्नेतले जानकारी दिनुभयो ।

उनले प्रदेश २ को खातामा सोझै रकम जम्मा गरिने बताए । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् कोषबाट रकम हस्तान्तरण गरिने भएको मन्त्री बस्नेतले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here