किन जाँदैछन् ओली अचानक बैंकक ?

0
3

काठमाडौँ, पुस २१-  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकताको चर्चा चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली आउँदो बुधबार (पुष २६) गते बैंकक जाने बिषयले राजनीति माहौल तातेको छ । अस्ति अर्थात पुष १९ गते बुधबार नै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको छलफल हुने बताइएको पनि अझैंसम्म भेट नभइरहेको अवस्थामा ओली अचानक बैंकक जाने बिषयले नेपाली राजनीतिक माहौल तातेको हो ।

केहि बर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीले यसअघि पनि बैंककमा परीक्षण गर्दै आएका थिए । यसअघि नै स्वास्थ्य परिक्षण गरिनुपर्ने भएपनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावका कारण ढिलो भएको बताइएको छ । उनी पुष ३० गते नेपाल फर्किने एमालेले जनाएको छ । बिहिबार सर्वदलिय बैठकमासमेत जान नसकेका ओली केही दिनयता विरामी भएर घरमै आराम गरिरहेका छन् ।

ओली यसअघि पनि स्वास्थ्य परिक्षणका लागि बैंकक जाँदा विरोध आउने गरेको थियो । अाेलीले बैंककमा रअका प्रतिनिधिहरुलार्इ भेट्ने गरेकाे अाराेप लाग्दै अाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here