छोरा र गहनासहित बेपत्ता चैना भेटिइनन्

कञ्चनपुर, २७ पुस । छोरा र गहनासहित श्रीमती बेपत्ता भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलका २६ वर्षीय चेतु राना खोज्दै हिँडे पनि पत्तो लगाउन सकेका छैनन् ।

एघार दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उनकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता भएकी थिइन् । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि श्रीमती फेला पार्न नसकेको चेतुले बताए ।

आठ वर्षीय छोरा अजय र छ वर्षीय छोरा अवि सहित उनकी श्रीमती पुस १६ गते परिवारका सदस्य नभएको मौका छोप्दै घर छाडेर हिँडेकी हुन् । श्रीमतीले भएको गहना र छोरासहित भागेपछि निकै चिन्तित भएको रानाले बताए ।

माइतीसमेत गाउँमै छ, वडाध्यक्ष जगता रानाले भने, “भागेर जाने अरु ठाउँ नै छैन, कसैले बहकाएर भगाएर लगेका हुन सक्छन् ।”

श्रीमान्सँग ठाकठुक पर्दा म पनि मर्छु, छोरालाई पनि मार्छु भन्ने धम्की दिइरहन्थीन्, छिकेकीसमेत रहनुभएका अध्यक्ष रानाले भने, “यसै कारणले धेरै ठाउँमा खोजिसकेका छौँ, पत्तो लागेको छैन ।”

खोजतलासका लागि परिवारका तर्फबाट नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालय, झलारीमा समेत निवेदन दिइएको उनले बताए । प्रहरीले समेत बेपत्ता रानाको खोजी गरिरहेको भएपनि हालसम्म फेला भने पार्न सकेको छैन ।

चेलीबेटी बेचबिखनमा संलग्न दलालले बहकाएर लगेको आशंका परिवारजनले गरेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here