सिटिइभिटी समन्वय समितिकाे संयाेजकमा बिस्णु महतारा चयन

काठमाडाै, २४ माघ । नेपाल विद्यार्थी संघ सिटिइभिटी समन्वय समितिको संयोजकमा बिस्णु महतारा चयन भएका छन ।

मंगलबार देशभरिका सिटिइभिटिसंग संबन्धित कलेजहरुबाट उपस्थित राष्टिय भेलाले महतारालाइ सर्वसम्मत संयोजकमा चयन गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथिकाे रुपमा रहेका नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री सरोजकुमार थापाले सिटिइभिटिमा आर्थिक अनियमितता बढिरहेको र यो आर्थिक चलखेल नेविसंघका साथीहरुले रोक्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै थापाले भने ‘सिटिइभिटिको केन्द्रिय नेतृत्व र कलेज संचालकहरुबीच पारदर्शिता हुनुपर्छ । जेहेन्दार विद्यार्थीहरु, गरीव विद्यार्थीहरुको लागि छात्रवृत्ति लगायत गुण्स्तरीय शिक्षाको पक्षमा नेविसंघ अगाडि बढ्नुपर्छ ।’

सो क्रममा थापाले देश संघीयतामा गइरहेको बेला स्थानीयस्तरमा पनि व्यवसायिक शिक्षालय स्थापना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बिशिष्ट अतिथि नेविसंघका केन्द्रीय उपाध्यक्ष संजय यादवले संयोजकलाइ बधाइ तथा शुभकामाना दिदै नेवसिंघमा सुदृढीकरण आवस्यक रहेको बताए । कार्यक्रममा अर्का बिशिष्ट अतिथि नेविसंघ केन्द्रीय उपाध्यक्ष विकास केसीले यस राष्ट्रिय भेलाले चयन गरेको कार्यसमितिले विद्यार्थीको हकहितमा काम गर्ने विश्वास लिएको बताए ।

कार्यक्रममा नेविसंघ केन्द्रीय सह महामन्त्री प्रेम जोशीले नयां नेतृत्वलाइ बधाइ तथा शुभकामना दिएका थिए ।

भेलाले आफुलाइ सर्बसम्मत संयोजकमा चयन गरेकोले धन्यवाद दिदैं आफूले बिद्यार्थीहरुको हकहितमा लागिपर्ने महताराले बताए । महताराले देशभरि रहेका सिटिइभिटिसंग संबन्धित कलेजहरुमा निश्चित शूल्क गराउनुपर्ने र धनीका मात्र छोराछोरी होइन गरीवका छोराछोरीले पनि पढ्न पाउने व्यबस्था हुनुपर्नेमा जोड दिए ।

नेविसंघमा आफ्नो श्वार्थको लागी लागिपर्ने तर आफूलाइ जिताएका विद्यार्थीहरुका लागि सिन्को नभाच्ने परिपाटीको अन्त्य गर्ने प्रतिबद्धता समेत महताराले व्यक्त गरे ।

राष्ट्रिय भेलाले २० सदस्यीय सिटिइभिटि केन्द्रीय समन्वय समिति गठन गरेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here