बेरोजगार युवालाई लक्षित गरी जादुगर महादेव त्रिपाठी र दिपक पोखरेलले ल्याए चिप लेभलको जादु

एलाइन्स

काठमाडौँ । नेपालीहरुको बढ्दो बेरोजगारीको समस्यालाई मध्यनजर गरी जादुगर महादेव त्रिपाठी र इन्जिनियर दिपक पोखरेलले पुतलीसडकमा एलाइन्स ल्यापटप तथा रिपेरिङ सेन्टर खोलेर चिप लेभलको कम्प्युटर मर्मत तथा तालिम दिइरहेका छन् ।

पोखरेल पेशाले इन्जिनियर हुन् । भारतको नयाँ दिल्लीमा ल्यापटप, कम्प्युटर तथा मोबाइलको हार्डवेयर बनाउने तालिम दिने संस्था देखेपछि उनले नेपालमा त्यस्तै प्रकारको इन्स्टिच्युट खोलेका हुन् । नेपालमा प्राविधिक सामग्रीको चिप लेभलको तालिम दिन सके धेरै युवाले विदेशिनु नपर्ने उनी बताउँछन् ।

बिगत ८ वर्ष देखि बेरोजगार युवालाई दक्ष बनाई रोजगारीको अबसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप तथा रिपेरिङ सेन्टर अब नयाँ योजनाका साथ सुचारु भएको छ ।


आईएसओ मान्यता प्राप्त एलाइन्सले अहिले नयाँ मेसिनहरुबाट कक्षा संचालन गरीराखेको छ । यस अघि नेपालमै पहिलो पटक BUA,CRO,IRD,DC जस्ता मेसिनहरुबाट तालिम दिएको एलाइन्सले अहिले ENIT,RT809 जस्ता मेसिम्हारू थपेर कक्षा संचालन गर्दै आएको छ ।

एलाइन्समा छ महिना तालिम लिएपछि संस्थाले नै बिद्यार्थीहरुलाई रोजगारीको आबसर प्रदान गर्ने हुनाले बेरोजगार युबाहरुको आकर्षक गन्तब्य एलाइन्स बन्न सक्ने दाबी गर्छन संचालक दीपक पोखरेल ।

रोजगारीको अबसर नपाएर बिदेस जना चाहनेहरु र प्लस टू पश्चात कम्प्युटर तथा इलेक्ट्रोनिक्स बिषय लिई पढ्न चाहनेहरुको लागि पनि एलाइन्सले
छुट्टै प्याकेज बनाएर तालिम प्रधान गर्ने भएको छ । जसका कारण बिध्यार्थीहरुको अध्ययनमा सहज हुने दावी गर्छन संचालक पोखरेल ।

एलाइन्सको वास्तविकता बुझ्न भिडियो हेर्नुहोस्:

2 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here