बेल्जीयमवासीको तर्फ बाट राना, लामा र परियारलाई आर्थिक सहयोग

धर्म गर्न मन्दिर धाउनु पर्दैन भन्ने उदाहरण बनेका छन् युरो नेपाल कलाकार संघ बेल्जीयमका पूर्व अध्यक्ष तथा चलचित्र फन्कोका निर्माता, समाजसेवी पदम गुरुङ ।

पेशाले बेल्जीयममा व्यवासय सञ्चालन गर्दै आएका गुरुङ बेल्जीयमवासी कलाकार तथा युरो नेपाल कलाकार संघका अध्यक्ष पार्वती अधिकारी तथा अन्य समाजसेवी व्यक्तिहरुद्वारा संकलित नेपाली रुपैया एक लाख तीन हजार आफ्नो जन्म थलो नेपाल आएका बेला गुरुङले दुवै मृगौला पीडित वरिष्ठ चलचित्र निर्देशक किशोर रानाकै निवास कुलेश्वर अपार्टमेन्ट, पुराना मेकअप आर्टिस्ट ईन्द्र लामालाई मनमोहन अस्पताल स्वयम्भुमा तथा गायिका जलजला परियारलाई शिक्षण अस्पताल मै पुगी राना, लामा र परियारलाई जनही ६३ हजार र ४०/४० हजार नगर दिएर सहयोग पु¥याएका छन् ।

उक्त अवसरमा वरिष्ठ नृत्य निर्देशक/चलचित्र नमस्ते नेपालका निर्देशक राजु शाह, नरसिंहका निर्माता/कलाकार सुनिल श्रेष्ठ तथा सञ्चारकर्मी आर.डी ‘श्रृंखला’ को समेत उपस्थिति रहेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here