लगातार ६ घण्टा बोक्सी भन्दै कुटिएकी चेलीको भिडिओ नारी दिवसको दिनमा

 २५ फागुन २०७४ , कैलाली, फागुन – नारी दिवसको दिनमा लगातार ६ घण्टा बोक्सी भन्दै कुटिएकी चेलीको भिडिओ भाइरल बनेको छ |
कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा परिन्  नारी दिवसको दिनमा एउटा नारी र भोले बाबाबाट ।
आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहे ।

पीडित राधा चौधरी सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोषाधमा छिन् ।

चिकित्सकका अनुसार उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ । तर, कुटपिटमा संलग्नहरुलाई स्थानीय जनप्रतिनिधिले नै रातारात छुटाएर लगेका छन् ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here