प्रथम अन्तर-विद्यालय स्तरीय कराते प्रतियोगिता सम्पन्न

काठमाडौँ – चैत्र २६ | विद्यार्थी जीवनमा पढाई संगै खेल भन्ने उदेस्यका साथ नेपाल ओकिनावा सुरी केन शोरिन रियो करांते दो संघद्वारा आयोजना गरिएको प्रथम अन्तर विद्यालय स्तरीय कराते प्रतियोगिता कामेल्लिया उच्च मा वि मा सम्पन्न भएको छ| उक्त प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमत्री तथा कार्यक्रमका प्रमुख अतिथि झलनाथ खनालले गरेका थिए |

काठमाडौँ महानगरका मेयर बिद्या सुन्दर शाक्य बिसिस्ट अथिति रहेका कार्यक्रम मा नेपाल खेलकुद परिषदक सदस्य सचिब केशब कुमार बिस्ट बिशेस अतिथि रहेका थिए | बिस्टले उक्त कार्यक्रममा नेपाल  केहि समय अगाडी दक्षिण एसियामा उत्कृस्ट भयको र बिबिध कारण अहिले स्थिति खस्किएको बताएका थिए | पुन करातेलाई पहिलेको स्थितिमा लैजानको लागि आफुले सक्दो कोसिस गर्दै आउदो दिनमा खेलको अन्तरास्ट्रिय स्तर बृद्दी हुनेमा आफु बिस्वस्त रहेको बताए |

यस्ता प्रतियोगिता भविस्यमा देशैभर संचालन गर्ने र अन्तरास्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने आयोजक संघका अध्यक्ष संजय रन्जितले बताए |

साथै उक्त कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष किसन सिंह, खेल  जीवन स्वस्थसंग जोडिएको हुनाले स्कुल स्तर बाट यसको थालनी गर्नु पर्ने बताउछन | साथै यस्ता कार्यक्रमले देशलाई अन्तरास्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न ठुलो टेवा पुग्ने उनको भनाई थियो |

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here