स्कुल ग्लोरी नेपाल २०१८ को अडिसन सम्पन्न

काठमाडौँ , चैत्र २० – जि इलेभेन नेपालद्वारा आयोजित दोस्रो सिनियर र जुनियर स्कुल ग्लोरी नेपाल २०१८ को अडिसन सम्राट पार्टी प्यालेस नयाबजारमा सम्पन्न भएको छ| उपत्यका र बाहिरको गरि १८ बिद्यालयका ४५ बिद्यार्थी सहभागी रहेकोमा २६ जना छनोट भएको आयोजक संस्थाले जनाएको छ|

उक्त कार्यक्रममा निर्णायक मण्डलको भूमिकामा पत्रकार नबिन घिमिरे, उद्घोष – कोरियोग्राफर सोनिया लिम्बु रहेका थिए |  छनोट भएका बिद्यार्थीहरुलाई चैत्र २४ गतेबाट प्रसिक्षण सुरु गरिने जि इलेभेन नेपालले जनाएको छ| दोस्रो चरणको अडिसन चैत्र २२ गते हुने जानकारी आयोजक संस्थाले दियको छ |

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here