स्कुल ग्लोरी नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न

१५ वैशाख, काठमाडौँ  – जि एलेवेन नेपालद्वारा आयोजित दोस्रो स्कुल ग्लोरी नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न सम्राट पार्टी प्यालेस नया बजारमा सम्पन्न भयको छ | काठमाडौँ र बाहिरका विभिन्न १६ वटा बिद्यालयबाट सहभागी भएका बिद्यार्थीहरुले आफु भित्र रहेको प्रतिभा प्रस्तुत गरेका थिए | शैक्षिकसत्र समाप्तिको बिदालाई सदुपयोग गर्दै बिद्यार्थी भित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रम ३ हप्ते प्रशिक्षणपछि ट्यालेन्ट शो सम्पन्न भएको आयोजक संस्थाले जनायो | उक्त कार्यक्रमको फाइनल यहि वैशाख २१ गते राष्ट्रिय नाचघर जमलमा विभिन्न संस्कृतिक कार्यक्रम माझ हुने आयोजक संस्था जि एलेवेन नेपालले जनाएको छ |

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here