स्कुल ग्लोरी नेपाल २०१८ को ताज एक्मीलाई, जुनियर तर्फ तिमिला

काठमाडौँ , २१ – विविध रोमान्चक कार्यकम लाई रंगिन बनाउदै शुक्रबार राष्ट्रिय नाचघरमा भएको सेकेण्ड स्कुल ग्लोरी नेपाल २०१८ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । प्रमुख अतिथि बसुन्धारा भुसालको उपस्थितिमा जी इलेभेन नेपाललद्धारा आयोजना गरिएको सेकेण्ड स्कुल ग्लोरी नेपाल २०१८  को फाइनल विजेता घोषणा गरिएको थियो ।

सिनयर र जुनियर गरेर दुई विधा विभाजित गरिएको प्रतियोगितामा जुनियरतर्फ यो वर्षको सेकेण्ड स्कुल ग्लोरी नेपालको फाइनल विजेता राजन मेमोरियल स्कुल अध्ययनरत छात्रा तिमिला महर्जन बनेकी छिन् । मिस कम्प्लेक्सनको टाइटलसमेत समेत पाएकी उनले ११ प्रतियोगीलाई पछि पार्दै सेकेण्ड स्कुल ग्लोरी नेपालको उपाधि जितेकी हुन् । सिनयरतर्फ यो वर्षको सेकेण्ड स्कुल ग्लोरी नेपालको फाइनल विजेता बृहिस्पति विद्यासदन स्कुल अध्ययनरत छात्रा  एक्मी गुरुङ बनेकी छिन् । ७ प्रतियोगीलाई पछि पार्दै उनले सेकेण्ड स्कुल ग्लोरी नेपालको उपाधि जितेकी हुन्। गुरुङले मिस बेस्ट ड्रेसमा समेत उपाधी पाएकी थिइन्।

जुनियरतर्फ प्रतियोगितामा मिस टयालेन्ट टाइटल पाश्ना राना मगरले , मिस बेस्ट ड्रेसमा दिया घिमिरेले , मिस फोटोजेनिक युरिसा श्रेष्ठले , मिस स्माइलमा इच्छा भण्डारीले र मिस कन्फिडेन्टको टाइटल सिमरन भट्टचार्यले , स्पोन्टेाियसमा सौभाग्य पौड्यालले, हिडाँइमा रोश्ना दर्लामी मगरले उपाधी पाइन् । अनुशासनको टाइटल समपूर्ण पौड्यालले पाएकी थिइन् । प्रतियोगितामा एक्टिभ टाइटल आयुष देवकोटाले पाएका थिए ।  प्रतियोगितामा एक मात्र छात्र रहेका सि आई ए स्कुल अध्ययनरत छात्र आयुष सबैको नजरमा छाएका थिए ।

सिनयरतर्फ प्रतियोगितामा बेस्ट पर्सनालिटिको टाइटल मार्टिना शर्मा , मोस्ट ट्यालेन्टमा संस्कृति बराइली, अनुशासनमा विधुषी पौड्याल र बेस्ट वल्क स्मृती रोक्काले पाइन भने मिस फोटोजेनिक टाइटल वर्षा दियालीले हात पारिन् ।

जी इलेभेन नेपालद्धारा आयोजित सेकेण्ड स्कुल ग्लोरी नेपाल २०१८ एउटा शिक्षा मुलक शैक्षिक सौन्दर्य प्रतियोगिता हो । विगत केहि वर्षदेखि स्कुलका विद्यार्थीको चौतर्फि प्रतिभाको विकासका लागि यस्ता कार्यक्रम संचालन गर्दै आएको जी इलेभेन नेपालद्धारा आयेजना गरिएको शैक्षिक सौन्दर्य पेजन्ट प्रतिस्पर्धामा फाइनल परिक्षाको बिदा समयलाई सदुपयोग गर्दै उनीहरु भित्र लुकेर रहेको प्रतिभालाई विभिन्न कलाको माध्यमबाट प्रस्फुटन गराउने उद्धेश्यले विभिन्न विधामा विशिष्ट व्यक्तिहरुबाट प्रशिक्षण दिइएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here