प्रेशस् स्कुल बालकोटका सागरको पनि जिपीए ४ ग्रेड: एसईईको सर्वोत्कृष्टको सूचीमा

असार ११ २०७५ – प्रेशस् स्कुल बालकोटका सागर बैद्यले पनि यस पटकको एसईई परीक्षामा जिपीए ४ ग्रेड ल्याउन सफल भएका छन् |

सूर्यविनायक न.पा.–२ बालकोट स्थित यस प्रेशस् पब्लिक इङ्गलिस स्कुलबाट २०७४ सालको SEE परीक्षामा सम्मिलित सिम्बोल नं.०२८४४२१ ‘जी’ का सागर वैद्यले आठ वटै विषयमा A प्लस  ग्रेड प्राप्त गरी सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

सागर बैद्य

प्यूठान नगरपालिका–७ टिकुरी जन्मथलो भई कक्षा २ सम्म प्यूठान कै ने.रा. प्रा.वि. टाकुरा चौर, कक्षा ७ सम्म प्यूठान भ्याली एकेडेमी, प्यूठान न.पा.–८ मा अध्ययन गरी कक्षा ८ देखि यस विद्यालयमा अध्ययन गरेका उनका बाबु स्वास्थ्य कर्मी र आमा गृहिणी हुन । सानै देखि सदैव कक्षा प्रथम हुने गरेका उनी तिक्ष्ण बुद्धि, लगनशिल, अनुशाशित तथा मेधावी छात्र हुन् ।

हिजो प्रकाशन नतिजा अनुसार सम्पूर्ण विषयमा ब्ंग्रेड सहित जिपीए ४ प्राप्त गरेका उनको प्राप्ताङ्क सम्भवतः सर्वोत्कृष्ट (नेपाल प्रथम) रहेको यस विद्यालयको दावी छ ।

बिद्यालयका प्रिन्सिपल भोला चौधरीले एक बिज्ञप्ति प्रकाशित गरी सागरलाई बधाई समेत दिएका छन् |

प्रेशस् पब्लिक इङ्गलिस स्कुल
प्रेशस् पब्लिक इङ्गलिस स्कुल

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here