चक्रपथमा मोनोरेल निर्माण गर्न १ खर्ब १६ अर्ब लाग्ने

काठमाडौँ — काठमाडौंकाे चक्रपथमा मोनोरेल निर्माण गर्न १ खर्ब १६ अर्ब लाग्ने देखिएको छ । मोनोरेल निर्माण सम्बन्धि चाइनाको सिआरसीसी कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिसँगको सहकार्यमा चक्रमपथमा गरेको सम्भाव्यता अध्ययन रिपोर्टले साे कुरा उल्लेख गरेको हो ।

बिहीबार कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरीबाबू महर्जनलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ ।प्रतिवेदनमा मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको प्रकारको सम्भाव्यता अध्ययन गरेको सीआरसीसीले जनाएको छ।

सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ। चिनियाँ कम्पनीले दुवै महानगरपालिकाले निर्माणका लागि सहमति दिए आफूहरु डीपीआरका लागि तयार रहेको पनि जानकारी दिएको छ।

सिआरसीसीले पनि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म, दोस्रो चरणमा कलंकीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ।

सिआरसीसीले डीपीआर सुरु गरेको ६ महिनाभित्र प्रतिवेदन बुझाउने र कामसुरु गरेको तीन वर्षभित्रमा सम्पन्न गर्ने पनि जानकारी दिएको छ।

कुल २७ दशमलव ५ किलोमिटरको चक्रपथमा सो कम्पनीले करिब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने पनि प्रतिवेदनमा उल्लेख गरेको छ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here