बलात्कार प्रयास गर्ने वृद्धाको बालिकाद्वारा हत्या

रामेछाप — नातिनी नाता पर्ने बालिकालाइ बलात्कार गर्ने प्रयास गर्दा रामेछापमा एक वृद्धाको ज्यान गएको छ । रामेछाप नगरपालिका–७ मुढाजोरका ६५ वर्षीया पूर्णबहादुर श्रेष्ठको बिहीबार विहान नातिनीले प्रहार गरेको रड लागेर घटनास्थलमा नै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार बिहान घाँस काट्न गएकी १३ वर्षीया नातिनीलाई बारीकान्लामा पुगेर श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । घटनास्थलबाट उम्केकी बालिकाले घरबाट रड लिएर श्रेष्ठलाई प्रहार गरेकी थिइन् ।

घटना पछि बालिका १ जना साथी लिएर २ घण्टा टाढाको रामेछाप प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेकी थिइन् । उनले आफुले हत्यामा प्रहार गरेको रड समेत प्रहरीलाई बुझाएकी छन् । बालिका बलात्कारको प्रयास गर्ने श्रेष्ठ अविवाहित रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले बालिकालाई हिरासतमा राखी अनुसन्धान बढाएको छ । प्रहरी निरीक्षक थापाको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थल मुचुल्का गरी वृद्धको शव पोष्टमार्टमका लागि रामेछाप जिल्ला अस्पताल ल्याएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here