मुक्तिनाथ दर्शन अब केवलकारमा बसेर

भाद्र २७, २०७५ लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार सञ्चालन गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ मन्दिर सम्म केवलकार लाइन विकास तथा सञ्चालनको लागि समझदारी पत्रमा आज हस्ताक्षर भएको हो । समझदारीपत्रमा सरकारका तर्फबाट लगानी बोर्डका कार्यकारी अध्यक्ष महाप्रसाद अधिकारी तथा मुक्तिनाथ दर्शन प्रालिका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गर्नुभयो ।

कम्पनीले विकास गर्ने मुक्तिनाथ केवलकार प्रणालीमा वीरेठाँटी देखि करीब ८३ दशमलव ६५ किलोमिटर लामो केवलकार लाईन निर्माण गर्नेछ । यसका लागि करीब ३५ करोड अमेरिकी डलर अर्थात ४० अर्ब नेपाली रुपैयाँ भन्दामाथि खर्च हुने जनाइएको छ ।

अहिलेसम्म नेपालमा भएका भन्दा धेरै लामो दूरीको हुने यो परियोजनामा ६ वटा स्टेशन रहनेछन् । ती स्टेशनहरुलाई वीरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेते मार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथ खण्डमा विभाजन गरिएको छ । गत वैशाखमा १५ मा बसेको लगानी बोर्डको बैठकले प्रस्ताव स्वीकृत गरेको थियो । साथै सो कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गराउन लगानी बोर्डलाई निर्देशन दिएको थियो । कम्पनीले समझदारी भएको मिति देखि १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्ड समक्ष पेश गर्नुपर्ने छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here