महाभारतमा प्रभासले अर्जुनको भूमिका निर्वाह गर्ने

मिस्टर परफेक्सनिस्ट आमिर खानको ड्रिम प्रोजेक्ट महाभारतले प्रदर्शनमा नआउँँदै विश्व चलचित्र बजार तताइरहेको छ । बलिउडको इतिहासकै सबैभन्दा ठूलो लगानीमा निर्माण हुन लागेको यो चलचित्रका तीनवटा सिक्वेल हुने चर्चा छ । हालै मात्र अमिर खानले एउटा महत्वपुर्ण निर्णय लिएका छन् । भारतीय मिडियाका अनुसार आमिर यो चलचित्रमा बाहुवाली फेम प्रभासलाई इन्ट्री गराउन प्रयासरत छन् ।

यद्यपि प्रभासले आमिरको प्रस्ताव मानिसकेका छन् कि छैनन्, त्यो भने अहिलेसम्म बाहिर आएको छैन । आमिरले प्रभासलाई जसरी पनि यो ड्रिम प्रोजेक्टमा इन गराउन चाहेको बताइन्छ । जानकारहरू भन्छन्– प्रभासले आमिरको प्रस्ताव मान्ने लगभग पक्का छ । आमिरले महाभारतमा प्रभासको के–कस्तो भूमिका रहनेछ भन्ने विषयमा केही बताएका छैनन् । कतिपय भारतीय मिडियाले भने प्रभासले अर्जुनको भूमिका निर्वाह गर्न सक्ने दाबी गरेका छन् ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here