दशैँको शुभकामना सहित बाल गायिका दिप्सी भट्टको “दशैँ मनाउने हो” बोलको गीत बजारमा (भिडियो सहित)

हिन्दुहरुको महान पर्व बडा दशैँलाइ लक्षित गरेर बाल गायिका दिप्सी भट्टले “दशैँ मनाउने हो” बोलको बाल गीत बजारमा ल्याएकी छिन् । गीतमा गायिका दिप्सी भट्ट र प्रिन्स सिलवालको स्वर रहेको छ । दिप्सी भट्ट र प्रिन्स सिलवालको अभिनय रहेको उक्त गीतमा शब्द संगीत रमेश पाठकको रहेको छ भने गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् ।

दिप्सी भट्ट चर्चित क्यामेरम्यान तथा सम्पादक दिपेन्द्र भट्टका सुपुत्री हुन । गायिका दिप्सीले करिब 3/4 बर्षको उमेरदेखी नै संगीत क्षेत्रमा अत्यन्तै रचि राखेको पाईन्छ उनले नेपाली गीत मात्रै नभएर तामाङ म्हेन्दोमाया गीत र अन्य प्याटर्नका गीतहरु पनि गाउदै आएकी छिन् । उनले मौका मिले हरेक किसिमको गीत गाउन सक्ने बताउछिन् । ९ बर्षीय दिप्सी भट्ट अपि स्कुलमा कक्षा ४ मा अध्ययनरत रहेकी छिन ।

उनि गायनको साथ साथै नृत्यमा समेत पोख्त रहेकी छिन । उक्त गीतमा बुद्ध लामाको निर्देशन, दिपेन्द्र भट्टको छायांकन तथा सम्पादन रहेको छ । गरेका हुन्। भने पिक स्टुडियोमा रेकर्ड गरिएको थियो ।गीतको म्यूजिक भिडियो शुक्रबार सार्बजनिक गरिएको छ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here